
चीन, ५ असार – चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई साढे दुई अर्ब बराबरको सैनिक सहयोग गर्ने भएको छ ।
चीन भ्रमणमा रहेका प्रधानसेनापति पूर्णचन्द्र थापाले यस सम्बन्धी प्रोटोकलमा बुधबार हस्ताक्षर गरेका छन् ।
चीनले दिने सैनिक सहायतामा आपतकालिन अवस्थामा प्रयोग गर्न मिल्ने पुल, बम डिस्पोज गर्न प्रयोग हुने सामाग्री र उद्दार सामाग्री हुनेछन् ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सैनिक सहयोग अन्तर्गत विभिन्न सैन्य सवारीसाधन समेत सेनाले प्राप्त गर्नेछ ।
चीन भ्रमणमा रहेका प्रधानसेनापति थापाले बुधबार नै चिनियाँ समकक्षी जनरल लु जिओचिङसँग पनि भेट गरेका छन् ।