
काठमाण्डु, ५ असार– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बजेट पारित भएपछि केही मन्त्रीहरु हेरफेर हुन सक्ने बताएका छन् । कास्कीमा भएको पत्रकार भेटघाट कायक्रममा मन्त्री हेरफेर हुन सक्नेबारेमा पत्रकारले राखेको जिज्ञासमा प्रचण्डले सो कुरा बताएका हुन् ।
उनले भने, ‘बजेटपछि सरकार पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट प्रधानमन्त्री र मेरोबीचमा कुराकानी भएको छ । तर अहिले नै कुनै निर्णय भएको छैन । प्रधानमन्त्रीले चाहेको बेलामा जतिबेला पनि पुनर्गठन हुन सक्छ ।’
उनले सरकार र पार्टीका बारेमा आलोपालोको विषयमा आफुले राखेका भन्दा फरक धारणा सार्वजनिक भएको भन्दै आपत्ति जनाए ।