जीप दुर्घटनाको गहिरो अध्ययन गर्न देउवाको माग

काठमाण्डु टुडे २०७६ असार ४ गते १०:१३ मा प्रकाशित

काठमाण्डु, ४ जेठ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

देउवाले प्रेस विज्ञप्ति जारी गर्दै कर्णाली नदीमा जिप खस्दा १० यात्रु बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।  देउवाले विज्ञप्तिमार्फत बेपत्ताहरुको तत्काल खोजी र उद्धारकार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका छन् ।

‘पछिल्लो समय सडक दुर्घटना बढ्दै गइएको छ,’ देउवाले विज्ञप्तिमा भनेका छन्, ‘यस्ता दुर्घटना रोक्न तत्काल एक कार्यदल गठन गरी घटनाको गहिरो अध्ययन गरेर यस्ता घटनालाई नियन्त्रण गर्न सरकारको ध्यानार्कषण गराउँछु ।’

यसैबीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि विज्ञप्ति जारी गरी जिप दुर्घटनामा १० जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us