
दार्चुला, २ असार – दुहुँ गाउँपालिका– ३ कालागाड नजिकै महाकाली नदीमाथि रसिको सहारामा भारत निकासी भइरहेको १९० किलो अवैध झ्याउ सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म नम्बर ५० ले आइतबार राति बरामद गरेको छ ।
यस्तै झ्याउसँगै भारत पिथौरागढ जिल्ला बलुवाकोट घर भएका ४५ वर्षीय उमेशसिंह बोहरालाई समेत पक्राउ गरेको हो । रासस