बालकोटमा मोटरसाइकल चोर्दाचोर्दै ४ जना पक्राउ

काठमाण्डु टुडे २०७६ असार २ गते १३:५७ मा प्रकाशित

भक्तपुर, २ असार – सूर्यविनायक नगरपालिका–२ वालकोटबाट मोटरसाइकल चोरी गर्दै गरेको अवस्थामा लोकन्थली बस्ने रौतहट घर भएका १८ वर्षीय दर्शन गौतम लगायत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग वालकोटबाट खटिएको प्रहरीले सोही ठाउँस्थित धर्मराज भुषालको घर कम्पाउण्डभित्र पार्किङ गरी राखेको बा.९७ प १२१५ नम्बरको मोटरसाइकल चोरी गरी लाँदै गरेको अबस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us