प्रधानमन्त्रीले काठमाण्डुका मेयर र सांसदलाई बोलाए

काठमाण्डु टुडे २०७६ असार २ गते १२:५४ मा प्रकाशित

काठमाण्डु, २ असार – गुठी विधेयकका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गर्न काठमाण्डु उपत्यकाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद तथा मेयरहरुलाई बोलाएका छन्।


विधेयकका प्रावधानलाई लिएर काठमाण्डु उपत्यकामा चर्को विरोध भइरहँदा प्रधानमन्त्रीले आफ्नो पार्टीका सांसद तथा मेयरसँग अन्तरक्रिया गर्न लागेका हुन् ।

विधेयकका प्रावधानले सदियौंदेखि चल्दै आएको धर्म संस्कृति एवं परम्परालाई प्रहार गरेको भन्दै फिर्ता लिन माग भइरहहेको छ ।

युरोप भ्रमणबाट फर्किने क्रममा उनले विधेयकका व्यवस्थाले समस्या पर्ने भए त्यसलाई सच्याउन सरकार तयार रहेको उल्लेख गरेका थिए । नेकपाकै केही सांसद गुठी विधेयकको विरोधमा उत्रिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us