लोकसेवा आयोगको अनलाइन सिस्टममा समस्या

काठमाण्डु टुडे २०७६ असार २ गते १२:१८ मा प्रकाशित

काठमाण्डु, २ असार – लोकसेवा आयोगको अनलाइन सिस्टममा समस्या आउँदा फारम भर्न चाहनेहरू मर्कामा परेका छन् ।

स्थानीय तहका लागि आवेदन दिने अन्तिम मितिको अघिल्लो दिन सोमवार लोक सेवाको वेबसाइट http://psconline.psc.gov.np/ छिनछिनमा लोड नहुने समस्या देखिएको छ ।

स्थानीय तहका ९ हजार १६१ पदमा पदपूर्तिका लागि आयोगले खोलेको विज्ञापनमा आवेदन दिने अन्तिम म्याद भोलि मंगलवार हो । दोब्बर दस्तुर तिरेर थप एक सातासम्म आवेदन दिन सकिन्छ ।

संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्न आदेश दिएपछि अलमलमा परेका युवाले सर्वोच्चले विज्ञापन नरोकेपछि फारम भर्ने क्रमलाई तीव्रता दिएका छन् । फारम भर्नेहरूको चापका कारण सर्भरमा समस्या देखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us