गुल्मीमा महिलाले सुसाइड नोट लेखेर आत्महत्या गरिन्

काठमाण्डु टुडे २०७६ असार २ गते ११:२४ मा प्रकाशित

गुल्मी, २ असार – सोमबार बिहान गुल्मीकी एक महिला आफ्नै घरको हिल ट्याङकीमा डुबेको अवस्थामा मृत फेला परेकी छन् ।

गुल्मीदरवार गाउँपालिका–७ , चारपाला ठुलाचौकीकी अन्दाजी ३५ वर्षीया मिना थापा घरको भर्याङ्ग मुनी रहेको हिलट्याङकीमा डुबेको अवस्थामा मृत फेला परेकी हुन् ।

उनले लेखेको सुसाइड नोट समेत फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी दीपकुमार बस्नेतले जानकारी दिए ।

उनका दुई छोरा छोरी रहेका छन् । श्रीमान भने भारतमा रहेको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us