पक्राउ परेका प्रनेश गौतम रिहा

काठमाण्डु टुडे २०७६ असार १ गते १६:४७ मा प्रकाशित

काठमाण्डु, १ असार – चलचित्र समीक्षाको विषयलाई लिएर ‘साइबर क्राइम’ अभियोगमा थुनामा रहेका प्रनेश गौतम रिहा भएका छन् ।

जिल्ला अदालत काठमाण्डुको आदेशमा आइतवार गौतमलाई साधारण तारेखमा रिहा गरिएको महानगरीय प्रहरी परिसर काठमाण्डुका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए । महानगरीय अपराध महाशाखाको टोलीले जेठ २७ गते गौतमलाई नियन्त्रणमा लिएको थियो ।

चलचित्र ‘वीर बिक्रम २’को भिडियो समीक्षा गरेका प्रनेशलाई निर्देशक मिलन चाम्सको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us