सरकार गालामा हात लगाएर बस्याे: विरोध खतिवडा

काठमाण्डु टुडे २०७६ असार १ गते ११:४४ मा प्रकाशित

काठमाण्डु, १ असार – सत्तारुढ दल नेकपाका सांसद विरोध खतिवडाले गुठी विधेयकको विरोध गर्दै आन्दोलनरत गुठियार र सरकारबीच वार्ताको वातावरण बनाउन हस्तक्षेपकारी भूमिका खेल्न सभामुखसँग माग गरेका छन् ।

प्रतिनिधि सभाको आइतवार बसेको बैठकको शून्य समयमा सांसद खतिवडाले गुठी विधेयकलाई लिएर सरकार र आन्दोलनकारीले एउटै गीत गाएको भन्दै वार्ताका लागि सभामुखको हस्तक्षेपको माग गरेका हुन् ।

‘बुझ्नेले कुरा नबुझेपछि, मनमा पीर त पर्ने नै भयो… भनेर गाउँदै सरकार गालामा हात लगाएर बसेको छ । आन्दोलनकारी पनि बुझ्नेले कुरा नबुझेपछि मसाल त समात्नै पर्‍यो.. भनेर गीत गाइरहेका छन्,’ खतिवडाले भने, ‘नेपालको हरेक राजनीतिक आन्दोलनमा काठमाण्डु उपत्याकाका नेवार समुदायको ठूलो भूमिका छ । यो स्थिति सिर्जना कसरी भयो ? मेरो आग्रह छ, सरकार र आन्दोलनबीच हस्तक्षेपकारी भूमिका खेल्न सभामुखसँग आग्रह छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us