अज्ञात समूहले हाइड्रोपावरको स्काभेटर जलायो

काठमाण्डु टुडे २०७६ असार १ गते ११:०० मा प्रकाशित

सोलुखुम्बु, १ असार – अज्ञात समूहले सोलुखोला हाइड्रोपावर प्रोजेक्टले प्रयोग गर्दै आएको स्काभेटरमा आगजनी गरेको छ ।

सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लामा ८२ मेगावाटको निर्माणाधीन सोलु खोला दूधकोशी हाइड्रोपावर प्रोजेक्टको स्काभेटरमा शनिबार राति आगजनी भएको खबर पाएपछि प्रहरी निरीक्षक उत्तम कार्कीको नेतृत्वमा घटनास्थलमा प्रहरी गएको छ ।

घटनाबारे पूरा विवरण आउन र घटनामा कसको संलग्‍नता छ भनेर आधिकारिक पुष्टि हुन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us