पर्सा र चीतवनमा भीषण हावाहुरी आउने, सचेत रहन आग्रह

काठमाण्डु टुडे २०७६ जेठ २८ गते १२:३६ मा प्रकाशित

काठमाण्डु, २८ जेठ – जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले हावा हुरी ल्याउने बादल अहिले अहिले पर्सा तथा चितवनतिर आएको जनाएको छ ।

पूर्वानुमान महाशाखाले केही बेरअघि भनेको छ, ‘हाल चितवन, पर्सा तथा यसको आसपासका क्षेत्रहरुमा मेघ गर्जन र हावाहुरी सहित वर्षा गराउने बादल विकसित भरिरहेको छ । यो प्रणाली झन् सक्रिय हुँदै उत्तर पूर्व सर्ने क्रममा रहेको छ ।’

त्यस्तै पूर्वानुमान महाशाखाले पुर्वी तथा मध्य भू–भागका केहि स्थानहरुमा र पश्चिमी भू–भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जनाएको छ ।

यस्तो तीन दिनको मौसमी अनुमानः
जेठ २८ गते (मंगलबार)

दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमी भू-भागका थोेरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

राति: देशको पुर्वी भू-भागमा सामान्य देखि पुर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भू-भागमा आंसिक देखि सामान्य बदलि रही देशका केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ ।

जेठ २९ गते (बुधबार)

दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमी भु-भागका थोेरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ ।

राति: देशभरिनै आंसिक देखि सामान्य बदलि रही थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

जेठ ३० गते (बिहीबार)

दिउँसो: देशभरिनै आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भु-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

राति: देशको पुर्वी भु-भागमा सामान्य देखि पुर्ण बदली रहने साथै मध्य तथा पश्चिमी भू-भागमा आंसिक देखि सामान्य बदलि रही पुर्वी तथा मध्य भू-भागका केहि स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us