
काठमाण्डु, २८ जेठ – तीन बुँदे सहमति भएपछि मूलपानी–डाँछी सडक खण्ड सूचारु भएको छ । तत्काल हिलो सोहोर्ने र एक हप्ताभित्र बाटो सम्याउने सहमतिपछि अवरुद्ध मूलपानी–डाँछी सडकखण्डको आवागमन सुचारू भएको हो बाटो पिच नभएर वर्षौं सास्ती बेहोरेपछि आजित भएर थलीबासी मंगलबार बजार ठप्प पारेर आन्दोलनमा उत्रिएका थिए ।
केहीबेरअघि नगरपालिका र आन्दोलनरत नेपाल विद्यार्थी संघबीच ३ बुँदे सहमति भएको छ । सहमतिअनुसार नगरपालिकाले चाबहिल–साँखु सडक खण्डअन्तर्गत सानोथली ओह्रालोदेखि व्यञ्जन पार्टी प्यालेससम्मको बिग्रिएको बाटो बनाउने सहमति भएको छ ।
तत्काल बाटोमा थुप्रिएको हिलो फाल्ने, एक हप्ताभित्र बाटो सम्याउने र तत्काल बाटो पिच गर्न पहल गर्ने समझदारी भएपछि बाटो खुलेको छ ।