
काठमाण्डु, २८ जेठ – काठमाण्डुको थलीका युवाहरुले ठेकेदारलाई कारबाही गर्न माग गरेका छन् । सडक निर्माणमा ढिलाई गरेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयले समयमै सडक निर्माण गर्न माग गरेका छन् । प्रदर्शनका कारण उत्तः क्षेत्रको सवारी आवागमन ठप्प भएको छ ।
स्थानीय सरकारको उदासीनताका कारण सडक निर्माणले गति नलिएको भन्दै प्रदर्शनकारीहरुले नाराबाजी गरेका छन् । थली क्षेत्रको सडक लामो समयदेखि रुग्ण भए पनि यसको स्तरोन्नतिको काम पूरा भएको छैन ।
यो भन्दा अगाडि चाबहिल–जोरपाटी सडक खण्डमा स्थानीयले पिच गर्न माग गर्दै आन्दोलन गरेका एि त्यसपछि सडक पिच हुने काम धमाधम भएको थियो ।