
रौतहट, २८ जेठ – रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा रौतहटमा दुई जना भारतीय नागरिकको ज्यान गएको छ ।
काठमाण्डबाट भारतीय तीर्थयात्री बोकेर जनकपुरका लागि छुटेको ना ६ ख ९०३० नम्बरको बस रौतहटको चन्द्रनिगाहापुर जंगलमा रोकिराखेका बेला को १ ख २६२५ नम्बरको ट्रकले ठक्कर दिँदा बसमा रहेका भारत ओडिसाका ५२ वर्षका विजयकुमार देना र ५४ वर्षका चरण विशालको ज्यान गएको हो ।
दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको विरगञ्ज र ६ जनाको चन्द्रनिगाहापुरमा उपचार भैरहेको छ । बाँकी अन्य घर फर्केको प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।