भक्तपुरमा महिलाको हत्या गर्ने देवीरमण मुम्बईबाट पक्राउ

काठमाण्डु टुडे २०७६ जेठ २७ गते १७:२० मा प्रकाशित

भक्तपुर, २७ जेठ – करिब दुई दशकअघि भक्तपुरको कटुञ्जेमा एक महिलाको हत्या गरी फरार अभियुक्तलाई प्रहरीले भारतको मुम्बईबाट पक्राउ गरी ल्याएको छ । ८ असार २०५७ मा विजयश्वरी प्रजापतीको हत्या गर्ने देवीरमण अधिकारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।

ब्यूरोका निर्देशक डिआइजी निरज शाहीका अनुसार अभियुक्त अधिकारी प्रजापतीकै घरमा काम गर्दथे । तलबको विषयमा विवाद हुँदा उनले चक्कु हानेर प्रजापतिको घरभित्रै हत्या गरेका हुन् । उनले हत्यापछि आठ तोला सुन र ६ हजार नगद चोरेर भागेका थिए ।

त्यसयता अधिकारीलाई भारतमै बस्दै आएकाले प्रहरीले पक्राउ गर्न सकेको थिएन । मेहनत गरेर उनलाई पक्राउ गरिएको डिआइजी शाहीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us