
सल्यान, २७ जेठ – सल्यान जिल्लामा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । बागचौर नगरपालिका वडा नं. २ शेराचौरकी ३७ वर्षीया भूमी वलीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख एवं प्रहरी निरीक्षक लिलाभक्त बादेले वलीको घटनास्थलमै मृत्यु भएको बताए ।
वलीलाई सोमबार बिहान घाँस काट्न गएको समयमा जमिनमा लत्रिएको तारबाट करेन्ट लागेको थियो ।
वलीका परिवारलाई क्षतिपूर्ति बापत विद्युत प्राधिकरणले प्रचलित नियम अनुसार ५ लाख क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको प्रहरी निरीक्षक बादेले जानकारी दिए ।
विद्युत प्राधिकरणको कमजोरीले गर्दा महिलाको मृत्यु भएको हुँदा क्षतिपूर्ति नदिएसम्म मृतकको शव नउठाउने स्थानीयले अडान लिएपछि विद्युत प्राधिकरण सल्यानले उक्त रकम क्षतिपूर्ति बापत उपलब्ध गराउन सहमत भएको थियो ।
मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल खलंगातर्फ पठाएको प्रहरी निरीक्षक बादेले जानकारी दिए ।