आफ्ना सेनालाई किम जोङ उनले यसरी मारे

काठमाण्डु टुडे २०७६ जेठ २७ गते १७:०२ मा प्रकाशित

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना एक जना सैन्य अधिकारीलाई पिरान्हा माछाको ट्यांकभित्र थुनेर हत्या गरेका छन् ।

पिरान्हा माछा विश्वमा एक आक्रमक माछाको रुपमा चिनिन्छ । यसको दात निकै तिखो हुन्छ। यसको टोकाइबाट गहिरो चोट लाग्ने बताइन्छ ।

डेली स्टारका अनुसार ती सैन्य अधिकारीलाई किमविरुद्ध षड्यन्त्र रचेर देशमा सैन्य कु गर्ने योजना बनाएको आरोप लागेको थियो ।

जब किमले यसबारे थाहा पाए उनले ती सेनालाई ब्राजिलबाट ल्याएको संयौं पिरान्हा माछाको ट्यांकभित्र थुनिदिए।

ट्यांकभित्र फाल्नु अगाडि किमका सहयोगीले ती सेनालाई घाइते बनाएका थिए । पछि माछाले उनको शरीरलाई खाएको बताइएको छ ।

डेली स्टारका अनुसार किम सन् १९६५मा प्रदर्शन भएको जेम्स बोन्डको चलचित्र ‘यु अन्ली लिभ ट्वाइस’ चलचित्रबाट प्रभावित भएका हुन् ।

त्यस चलचित्रमा समेत खलनायकको घरमा पिरान्हा माछाले भरिएको स्विमिङ पुल हुन्छ । जसलाई उनले हत्या गर्न प्रयोग गरेका हुन्छन् । किम सन् २०११ मासत्तामा आए पछि १६ जना सहयोगी र धेरै सर्वसाधारणको हत्या गरिसकेका छन् । उनले हत्या गरेकाहरुमध्ये सेना प्रमुख, उत्तर कोरियाको केन्द्रीय बैंकका मालिक र क्यूबा र मलेसियाका दूतावासका मानिसहरु छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us