
काठमाण्डु, २७ जेठ – स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापन तत्काल रद्द गर्न माग गर्दै संयुक्त विद्यार्थी संघर्ष समितिले प्रर्दशन गरेको छ ।
संविधानको मर्म र भावनाविपरीत खुलाएको विज्ञापन सच्याउन दबाब दिँदै समितिले सोमबार काठमाण्डुको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।
समावेशी र समानुपातिक सिद्धान्तविपरीत आयोगले विज्ञापन खुलाएको भन्दै त्यसविरुद्ध सडक संघर्ष गर्नु परेको नेपाल विद्यार्थी संघका नेता कपिलेश्वर यादवले जानकारी दिए । प्रर्दशनका क्रममा विद्यार्थी नेताले संविधानको मर्मभन्दा बाहिर रहेर आयोगले विज्ञापन खुलाएको भन्दै विरोध गरेका हुन् ।
उनीहरुले लोकसेवाको विज्ञापन तत्काल रद्द नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।