आलोपालो सरकारको विषयमा ईश्वर पोखरेलले गरे यस्तो खुलासा

काठमाण्डु टुडे २०७६ जेठ २७ गते १६:०४ मा प्रकाशित

विराटनगर, २७ जेठ – कार्यवाहक प्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच आलोपालो गर्नेबारे पार्टीभित्र छलफल नभएको बताएका छन् ।

सोमबार बिराटनगर आइपुगेका पोखरेलले पार्टीका दुई अध्यक्षबीच आधा–आधा कार्यकाल प्रधानमन्त्री बन्ने भन्ने कुरा पार्टीभित्र औपचारिक ढंगमा छलफल नभएको बताएका हुन् ।

शीर्ष नेताहरुवीचमा आधा–आधा कार्यकालका लागि जेन्टलमेन्ट सहमति भएको भए पनि सबै कुराको सीमा, मर्यादा र प्रकृया हुने भन्दै पोखरेलले बाहिर आएको कुरा आफूहरुले ध्यानपूर्वक सुनेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us