मान्छे मार्ने ड्राइभर उम्काउन इन्स्पेक्टरको यस्तो धन्दा

काठमाण्डु टुडे २०७६ जेठ २२ गते १५:०६ मा प्रकाशित

काठमाण्डु, २२ जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रहरी निरीक्षक(इन्स्पेक्टर) लोकबहादुर जिसीलाई नियन्त्रणमा लिएको छ ।

नक्कली चालक राखेर मुद्धा मिलाउन लाखौँ रकम लिएको अभियोगमा मङ्गलवार इलाका प्रहरी कार्यालय गौडाकोटका प्रहरी निरीक्षक जिसीलाई अख्तियारले नियन्त्रण लिएको हो ।

निरीक्षक जिसीले गत वैशाख ११ गते बोधराज पाण्डेयले चलाएको जिपले ठक्कर दिएर मोटरसाइकलको पछाडि बसेको एक महिलाको मृत्यु भएको थियो । महिलाको मृत्यु भएपछि पाण्डेयले १० लाख रुपैयाँ दिएर नक्कली चालक खडा गर्न अनुरोध गरेका थिए ।

प्रहरी निरीक्षक जिसीले पैसाको लोभमा पाण्डेको ठाउँमा किसुन महतोलाई नक्कली चालक बनाएर उम्काएका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us