नेकपा सचिवालय बैठक बस्दै, यस्ताे छ तयारी

काठमाण्डु टुडे २०७६ जेठ २२ गते १०:३० मा प्रकाशित

काठमाण्डु, २२ जेठ – केन्द्रीय सदस्यहरूको कार्यविभाजनबारे टुंगो लगाउन नेकपा सचिवालय बैठक आज पुनः बस्दै छ । मंगलबारको बैठकमा बिना निष्र्कष टुंगिएपछि पुनः आज बैठक बोलाइएको हो ।

file photo

बैठक दिउँसो १२ बजे बालुवटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बस्दैछ । आजको बैठकले जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउने आँकलन गरिएको छ ।

मंगलबारको बैठकमा मन्त्री र सांसद बनेकाहरूलाई पनि जिल्ला इञ्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिने तयारी अध्यक्ष केपी शर्मा ओलीले गरेपछि वरिष्ठ नेता माधव नेपालले विरोध गरेका थिए ।

ओलीको प्रतिवाद गर्दै नेपालले पहिले (एमाले र माओवादी केन्द्रमा)अध्यक्षको जिम्मेवारी पाएकालाई नेकपामा पनि सोही जिम्मेवारी दिइएको बताएका थिए ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाहिँ मन्त्री र सांसद भएकालाई नीति नै बनाएर ईञ्चार्ज र सहईञ्चार्जको जिम्मेवारी दिन नहुने, तर अपवादको रुपमा बनाउन सकिने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us