महाभूकम्प आउँछ भन्दै आतंक फैलाउने ज्यातिष पक्राउ

काठमाण्डु टुडे २०७६ जेठ २१ गते १५:४९ मा प्रकाशित

काठमाण्डु, २१ जेठ – देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिष’ प्रहरीको फन्दामा परेका छन् ।


महानगरीय प्रहरी परिसर काठमाण्डुले सर्वसाधरणमा अफवाह फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो ।

उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।

कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us