सोलुखुम्बुमा सेना परिचालन गरिएकै हो त ?

काठमाण्डु टुडे २०७६ जेठ २० गते १५:१८ मा प्रकाशित

काठमाण्डु, २० जेठ – विप्लव समूहका कार्यकर्ताबाट सोलुखुम्बुको एक प्रहरी चौकी कब्जाको प्रयासपछि प्रहरी र सेनाको टोली खटिएको भन्ने समाचारप्रति नेपाली सेनाले अस्वीकार गरेको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सोलुखुम्बु घटनापछि नेपाली सेनाको टोली परिचालन नभएको प्रष्ट पारेका हुन् ।

गए राति विप्लवका कार्यकर्ताले महाकुलुङ गाउँपालिका ३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्न गरेको प्रयास असफल भएको थियो । घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल गएका समाचारहरु सार्वजनिक भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us