काठमाण्डुमा भीषण असिना पानी

काठमाण्डु टुडे २०७६ जेठ १५ गते १७:३० मा प्रकाशित

काठमाण्डु, १५ जेठ – आज काठमाण्डुमा ठूलो पानी परेको छ । बिहान घाम लागेको भएपनि अपरान्ह चार बजेपछि पानी पर्ने थालेको हो । पानीसँगै केहीबेर असिना पनि परेको छ ।

मौसम पूर्वानुमान महाशाखामा मौसमविद् मीनकुमार अर्यालका अनुसार राजधानीको दक्षिणी क्षेत्रमा बढी पानी परेको छ । पश्चिमतिर पोखरा र पूर्वी पहाडमा पनि वर्षा भएको उनले जानकारी दिए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us