एउटी युवतीका कारण ढल्यो अष्ट्रियाको सरकार

काठमाण्डु टुडे २०७६ जेठ १४ गते १२:०२ मा प्रकाशित

एजेन्सी । अष्ट्रियामा फ्रिडम पार्टीको सरकार ढलेको छ । स्थानीय एक युवतीसँग फ्रिडम पार्टीका एक नेताले रक्सी खाएको भिडियो लिक भएको थियो । सोही विषयलाई लिएर सरकार ढलेको हो ।

अष्ट्रियाका चान्सलर सेबेस्टियन कुर्जलाई सरकारबाट हटाइएको छ । उनले संसदमा विस्वासको मत पाउन नसक्दा सरकारबाट बाहिरिनु परेको हो । संसदको विशेष सत्रमा बोलाइएको अविश्वास प्रस्तावमा कुर्जले समर्थन हासिल गर्न सकेनन् ।

उनका पूर्व सहयोगी फ्रिडम पार्टी र विपक्षी दल सोसल डेमोक्रेट्सले अविश्वास प्रस्तावको समर्थन गरेको थियो ।

अष्ट्रियाली राष्ट्रपति एलेक्जेन्डर वेन डेर बेलनले भाइस चान्सलर हर्टविग लगरलाई अन्तरिम नेता नियुक्त गरेका छन् ।

१७ महिना अगाडिमात्र अष्ट्रियाको चान्सलरको रुपमा सत्तामा आएका वामपन्थी अष्ट्रियन पिपल पार्टीका ३२ वर्षीय नेता कुर्ज अष्ट्रियाको राजनीतिक इतिहासमा ७ दशक यता विश्वासको मत प्राप्त गर्न नसकी बर्खास्तमा परेका पहिलो नेता हुन् ।

फ्रिडम पार्टीका नेता हेइन्ज क्रिस्चियनको भ्रष्टाचार सम्बन्धी भिडियो टेप सार्वजनिक भएपछि सरकार ढलेको हो । गत १८ मेमा ती नेताले रुसी महिलासँग आर्थिक सहयोग माग्दै ती महिलासँग सरकारको समर्थन दिने बताउँदै गरेको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि भाइस चान्सलरको रुपमा रहेका क्रिस्चियनले राजीनामा दिएका थिए ।

क्रिस्चियनले राजीनामा दिएसँगै चान्सलर कुर्जले त्यहाँका गृहमन्त्रीलाई बर्खास्त गरेका थिए । चान्सलर कुर्जले चार मन्त्रीलाई परिवर्तन गर्दै त्यहाँका कर्मचारीलाई जिम्मा लगाएका थिए ।

संसदमा अविश्वासको मत पारित भएसँगै कुर्ज र उनका मन्त्रीहरु बाहिरिएसँगै केही समयपछि र्‍याली आयोजना गरेका थिए । र्‍यालीमा उनले भने, ‘म अझै यही छु प्रजातन्त्रमा जनताले निर्णय गर्छन् । म जनताको निर्णयको प्रतिक्षा गर्छु ।’

यतिबेला नेपालका उपराष्ट्रपति नन्दकिशोर पुन अष्ट्रियाको साताव्यापी भ्रमणमा छन् ।

सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले त्यहाँका राष्ट्रपति अलेक्जेन्डर भान डेर बेल्लेनसँग द्विपक्षीय भेट गरेका थिए । सोही दिन अष्ट्रियाका चान्सलर सेबस्टियन कुर्ज पदबाट हटाइएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us