‘चपली हाइट’की नायिकाको अमेरिकामा विवाह

काठमाण्डु टुडे २०७६ जेठ १४ गते ११:१७ मा प्रकाशित

काठमाण्डु, १४ जेठ – डेब्यू फिल्म ‘चपली हाइट’बाट चर्चामा आएकी नायिका बिनिता बरालले विवाह गरेकी छिन् ।

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका बिनिता र तिलक पौडेलले सोमबार अमेरिकामा विवाह गरेका हुन् ।

फिल्मी क्षेत्रमा त्यति सफल हुन नसकेपछि बिनिता कृषक बनेकी थिइन् । उनी ‘बिनी दि ओर्गानिक फार्मिङ’ की संस्थापकसमेत हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us