
चितवन, १४ जेठ – नारायणी नदीमा डुबेर चितवनमा एक युवक बेपत्ता भएका छन् ।
भरपुर महानगरपालिका–११ का २१ वर्षीय गोपाल मगर नदीमा पौडी खेल्ने क्रममा सोमबारदेखि वेपत्ता भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पौडी खेल्नेक्रममा मगर भरतपुर–१ बागेश्वरी मन्दिर नजिकैबाट सोमबार दिउँसो बेपत्ता भएका हुन् ।
नदीमा उनी बगेको देखेपछि स्थानीयले प्रहरीलाई खरब गरेका थिए । तर, दिनभर खोजी गरे पनि उनलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।