
काठमाण्डु, १३ जेठ– सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेको छ ।
आफ्ना कार्यकर्ता तिर्थराज घिमिरेको प्रहरीको गोली लागि मृत्यु भएको विरोधमा विप्लव समूहले बन्द आह्वान गरेको हो । बन्दको एक दिनअघि उक्त समूहले आइतबार राजधानीका विभिन्न स्थानमा ऋंखलाबद्ध बम विस्फोटका घटना घटाएको थियो । अनामनगर र सुकेधारामा भएको विस्फोटमा चार जनाको ज्यान गएको थियो । आधा जर्दन बढी घाइते छन् ।
बन्दका कारण उपत्यकामा साविकको तुलनामा सार्वजनिक तथा निजी सवारी साधन कम चलेका छन् । यस्तै विद्यालय र क्याम्पस बन्द गरिएका छन् ।