नगढुंगामा पनि पड्कियो बम

काठमाण्डु टुडे २०७६ जेठ १२ गते २१:०१ मा प्रकाशित

काठमाण्डु, १२ जेठ– काठमाण्डु भित्रिने प्रमुख नाका नागढुंगामा बम विस्फोट भएको छ ।

राजधानीभित्र विस्फोट गराउने तयारी गरेर ल्याइएको बम बाटैमा विस्फोट भएको हो । विस्फोटबाट बम बोक्ने दुई जना गम्भीर घाइते भएका छन् । उनीहरु दुवै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता रहेको प्रहरीले जनाएको छ । दुवैको नाम गोप्य राखिएको छ । महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंहका अनुसार उनीहरु बम बोकेर मोटरसाइकलमा हिंडिरहेका थिए ।

त्यसबारे थप विवरण आउन बाँकी छ । यसैबीच ललितपुरको जवालाखेल बसपार्कमा प्रेसर कुकर भेटिएको छ । ललितपुरकै ग्वार्कोमा पनि शंकास्पद बस्तु भेटिएको छ । यसअघि कोटेश्वरबाट विप्लवका सात कार्यकर्ता चारवटा प्रेसर कुकर बमसहित पक्राउ परेका थिए । यस्तै दिउँसो अनमनगर र सुकेधारामा भएको सिलिण्डर बम विस्फोटमा तीन जना मारिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us