
काठमाण्डु, १२ जेठ – काठमाण्डुमा छुट्टाछुट्टै भएकाे ग्यास विस्फोटनमा तीन जनाकाे मृत्यु भएकाे छ । आइतवार दिउँसो एकै समयमा सुकेधारा र अनामनगरको घट्टेकुलोमा भएको बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको हाे ।
प्रहरीका अनुसार नेत्र विक्रम चन्दले सोमबारका लागि आह्वान गरिएको नेपाल बन्दमा विस्फोट गराउन सिलिण्डर बम बनाउँदै गर्दा विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रहरीकाअनुसार अनामनगरको विस्फोटस्थलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको पर्चा भेटिएको छ ।
घटनास्थलहरुमा प्रहरीले अनुसन्धान जारी राखेका छन् । आइतबार अपराह्न ग्यास विस्फोटनमा परी सुकेधारामा दुई र अनामनगरमा १ जनाको ज्यान गएको छ ।
सरकारले आफ्ना कार्यकर्तामाथि दमन गरेको भन्दै चन्द समूहले भोलि सोमबारका लागि बन्द आह्वान गरेको छ ।