
काठमाण्डु, १२ जेठ – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सचिवालय सदस्य माधवकुमार नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी बधाई दिएका छन् ।
लोकसभा निर्वाचनमा विजयी भएका मोदीलाई नेता नेपालले बधाई दिएका हुन् । साथै उनले मोदीलाई सफल कार्यकालको शुभकामना दिएका छन् । भारतीय जनता पार्टीबाट सर्वसम्मत रुपमा संसदीय दलका नेता भएका मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री हुँदैछन् ।
नेकपाका नेता विष्णु रिजालका अनुसार नेता नेपालले मोदीलाई फोन गरी नेपाल–भारत सम्बन्ध सुधार हुनेसमेत अपेक्षा गरेका छन् । मोदीले नेता नेपाललाई धन्यबाद दिँदै नेपाल–भारत सँगसँगै रहेर काम गर्न चाहेको बताएका थिए ।