अनामनगर र सुकेधारामा सिलिण्डर विस्फोट, मृतकको संख्या कति पुग्याे ?

काठमाण्डु टुडे २०७६ जेठ १२ गते १७:१३ मा प्रकाशित

काठमाण्डु, १२ जेठ – काठमाण्डुका दुई स्थानमा विस्फोट भएको छ । अनामनगर र सुकेधारामा विस्फोट भएको छ । सुकेधारमा दुई जनाको मृत्यु भएको छ भने अनमनगरको घट्टेकुलोमा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुई जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए ।

सुकेधारामा सैलुनमा ग्यास सिलिन्डर विस्फोट हुँदा ६ जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाण्डुका डीएसपी होमिन्द्र बोगटीले जानकारी दिए ।

विस्फोटमा परेर घाइते भएकालाई त्रिवि शिक्षण अस्पताल र ओम अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

विस्फोटमा परी घाइते भएका ७ जनको उपचार भइरहेको छ । पोखरेलका अनुसार घटनामा के विस्फोट भएको यकिन हुन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us