सुकेधारामा ग्यास सिलिन्डर पड्कियाे

काठमाण्डु टुडे २०७६ जेठ १२ गते १७:०० मा प्रकाशित

काठमाण्डु, १२ जेठ – सुकेधारास्थित ढलाने पुल नजिकै विस्फोट हुँदा ६ जना घाइते भएका छन् । सैलुनमा रहेको ग्यास सिलिन्डर पड्किएर उनीहरु घाइते भएको प्रारम्भिक अनुसन्धानमा देखिएको महानगरीय प्रहरी परिसर काठमाण्डुका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

आइतबार दिउँसो किचनमा ग्यास विस्फोट हुँदा एकजनाको मृत्यु भएको हो । अन्य पाँचजना घाइते भएका छन्  ।

प्रहरी भर्खरै घटनास्थलमा पुगेको छ । मृतकको सनाखत हुन सकेको छैन । अहिले मुचुल्का तयार पार्ने काम भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us