पेरुमा ८ म्याग्निच्युडको भूकम्प

काठमाण्डु टुडे २०७६ जेठ १२ गते १४:५० मा प्रकाशित

पेरु, १२ जेठ – उत्तरी पेरुमा ८ म्याग्निच्युडको भूकम्प गएको छ ।

अमेरिकी जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्रविन्दु लगुनासभन्दा ८० किलोमिटर दक्षिणपूर्वमा रहेको थियो ।

केन्द्रविन्दु जमिनको सतहभन्दा १०९.९ किलोमिटर तल रहेको थियो । प्यासिफिक सुनामी वार्निङ सेन्टरले भूकम्पबाट सुनामीको खतरा रहेको छैन ।

स्थानीयहरुले राजधानी लिमासम्म भूकम्पको धक्का महसुस गरिएको बताएका छन् । क्षतिबारे विस्तृत विवरण आएको छैन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us