चुचुरोमै आरोहीको ज्यान जान थालेपछि बाेल्याे पर्यटन विभाग

काठमाण्डु टुडे २०७६ जेठ १२ गते ११:५१ मा प्रकाशित

काठमाण्डु, १२ जेठ – पर्यटन विभागले सगरमाथा लगायत क्षेत्रमा परी निधन भएका आरोहीको मृत्युको कारण केवल ट्राफिक चाप मात्र नरहेको स्पष्ट पारेको छ ।

आइतबार विज्ञप्ती जारी गर्दै विभागले हिमालमा अनेक प्रतिकूलताका कारण मानिसको निधन हुने भन्दै केवल ट्राफिक चापका कारण निधन भन्ने आषयको प्रचारले सगरमाथाको महत्व र गरिमा होच्याउने काम गरेको बताएको छ ।

आरोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने उल्लेख गरेको छ । विभागका अनुसार बसन्त ऋतुमा ३२ हिमालका लागि ११६ आरोहण अनुमतिमार्फत ८९५ जनालाई हिमाल आरोहणको अनुमति थियो ।

यस सिजनमा मात्र हिमाल आरोहणमा जाने र र्फकने क्रममा १६ जनाको मृत्यु भइसकेको छ । सगरमाथामा मात्र ८ जनाको निधन भएको छ ।

विभागका अनुसार १४ मे २०१९ मा डोरी टाग्ने काम पुरा भएको थियो । त्यसपछि १६ मेसम्म मौसम अनुकूल थियो । त्यसो समयमा थोरै मात्र आरोही माथि पुग्न सके । त्यसपछि २१ मेसम्म मौसम प्रतिकूल भयो ।

एक जना आरोही पनि चुचुरोसम्म पुग्न सकेनन् । त्यसपछि २१ मेबाट पुनः मौसम अनुकूल हुन थाल्यो । २१ मेमा चुचुरो पुग्ने योजना बनाएका अधिंकाश आरोही दू्रत हावाका कारण चौथो शिविरमा दुई रात बस्न बाध्य भएको विभागले स्पष्ट पारेको छ ।

त्यसकारण २२ र २३ मे का दिन चौथो शिविरदेखि माथि आरोहीको भीड लागेको विभागका स्पष्ट पारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us