
उत्तर प्रदेश, १२ जेठ – भारतीय लोकसभा चुनावको पूर्ण नतिजा आइसकेको छ तर विभिन्न स्थानमा राजनीतिक वैमनस्यताको विषयमा मानिसहरुबीच तनाव जारी छ ।
उत्तर प्रदेशको अमेठीबाट भारतीय जनता पार्टी (भाजपा) सांसद स्मृति इरानीका निकट एक व्यक्तिको गाली हानी हत्या गरिएको छ । उनको लखनउको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।
मिडिया रिपोर्ट अनुसार भाजपा निकट र अमेठीको ग्राम विरौलियाका पूर्व ग्राम प्रधान सुरेन्द्र सिंहको गोली हानी हत्या गरिएको हो । भारतीय समाचार माध्यमका अनुसार हत्यापछि इलाकामा तनाव व्याप्त छ जहाँ कांग्रेस र भाजपा निकट मानिसहरु आमने–सामने भए ।
यस विषयमा कांग्रेस र भाजपाका मानिसबीच झडप पनि भयो जसका कारण त्यहाँ तनाव छ ।
पुलिस अधिकारी दयारामले बरौलिया गाउँका पूर्व प्रधान सुरेन्द्र सिंहलाई शनिबार राती करिब साढे ११ बजे अज्ञात समूहले गोली हानी हत्या गरेको छ ।
उनलाई गम्भीर अवस्थामा उपचारका लागि लखनउ पठाइयो जहाँ उनको मृत्यु भयो । उनका अनुसार यो मामलामा दुईजनालाई हिरासतमा लिइएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।
यो क्षेत्र कंग्रेस अध्यक्ष राहुल गान्धीलाई हराएर भाजपा नेतृ स्मृति इरानी विजयी भएकी थिइन् । इरानीले गान्धी परिवारको गढ अमेठीमा पहिलो पटक जितेकी हुन् ।