श्रीलंकाबाट आईएस लडाकु भारतको केरला छिर्याे !

काठमाण्डु टुडे २०७६ जेठ १२ गते १०:५९ मा प्रकाशित

केरला, १२ जेठ – भारतको गुप्तचर निकायले श्रीलंका र भारतबीचको समुद्री मार्ग हुँदै इस्लामिक स्टेटका लडाकूहरुले प्रवेश गर्ने योजना बनाइरहेको जानकारी दिए पछि भारतको केरल राज्यका तटीय क्षेत्रहरुमा सुरक्षा सतर्कर्ता बढाइएको छ ।

१५ लडाकू डुंगाबाट भारत तर्फ अघि बढिरहेको सूचनाका आधारमा ठूलो संख्यामा सुरक्षाकर्मीहरुको परिचालन गरिएको छ ।

केरल प्रहरीले तटीय क्षेत्रमा हाई अलर्ट गर्दै संदिग्ध डुंगाहरुबारे अनुसन्धान गरिरहेको भास्कारले बताएको छ ।

२३ मेमा नै लडाकूहरु समुद्री क्षेत्रमा देखिएको सूचनाका आधारमा त्यही दिन देखी सावधानी अपनाउन सुरु गरिएको बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us