ढिलो घर आउँछु भन्दै हिँडेका कुमारसिंह मृत भेटिए

काठमाण्डु टुडे २०७६ जेठ १२ गते १०:४८ मा प्रकाशित

चितवन, १२ जेठ – कालिका नगरपालिका –१ लंका लाइनमा आफ्नै घरमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । चितवन प्रहरीका अनुसार ४७ वर्षीय कुमारसिंह श्रेष्ठ मृत भेटिएका हुन् ।

शनिबार बेलुकी परिवारलाई घर आउन ढिला हुने बताएका श्रेष्ठ बिहान आफ्नै घरमा मृत भेटिएका हुन् । श्रेष्ठले लगाएको चार तोलाको सुनको सिक्री र दुई तोलाको सुनको औंठी हराएकाले कसैले हत्या गरेको प्रहरीको अनुमान छ ।

घटनाका बारेमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us