आज देशभरका अदालत बन्द

काठमाण्डु टुडे २०७६ जेठ १२ गते १०:४१ मा प्रकाशित

काठमाण्डु, १२ जेठ – सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्री निधन भएको शोकमा आज देशका सबै न्यायालय बन्द गरिएका छन् ।

९६ वर्षीय खत्रीको गत बुधबार निधन भएको थियो । सर्वोच्च अदालतको शनिबार सम्पन्न आकस्मिक पूर्ण बैठकले सर्वोच्चसहित देशभरका उच्च अदालत, विशेष अदालत, जिल्ला अदालत तथा न्यायाधीकरणहरू आइतबार एक दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।

१९८० असोज ३ गते ललितपुरमा जन्मेका खत्री कानुन मन्त्रालयको सचिव हुँदै २०१६ मा सर्वोच्चको न्यायाधीश पदमा नियुक्त भएका थिए ।

२०३३ सालमा प्रधानन्यायाधीशमा नियुक्त खत्री २०४२ सालमा सेवा निवृत्त भएका थिए । उनी नेपालमा सबैभन्दा बढी समय प्रधानन्यायाधीश हुने व्यक्ति हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us