
काठमाण्डु, १२ जेठ – निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य प्रसाद ढकाल सवारी दुर्घटनामा गम्भीर घाइते भएका छन् ।
उनी सवार बा.१ ज ५१२९ नम्बरको सरकारी गाडी इनरुवाबाट काठमाण्डु फर्कने क्रममा गत बिहीबार राति काभ्रेको भकुन्डेबेसीमा दुर्घटना भएको थियो ।
ढकालको सिभिल अस्पतालमा शल्यक्रियापछि अवस्था सुधार हुँदै गएको छ ।
उनीसँगै गाडीमा सवार नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष बैकुन्ठ गुरागाईको पनि छातिमा चोट लागेको छ ।