रामेछाप केन्द्रबिन्दु भएर गयो भूकम्प, काठमाण्डुमा पनि धक्का

काठमाण्डु टुडे २०७६ जेठ ११ गते ११:१३ मा प्रकाशित

काठमाण्डु, ११ जेठ– रामेछापको गुम्देल क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

शनिबार बिहान ११ बजेर २ मिनेट जाँदा ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौरले जनाएको छ । भूकम्पको धक्का काठमाण्डु उपत्यकासहित आसपासका क्षेत्रमा समेत गरिएको थियो ।
केन्द्र प्रमुख लोकविजय अधिकारीले २०७२ वैशाख १२ को गोरखा भूकम्पकै पराकम्प भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us