१ लाख ५० हजार घुससहित नापी सर्वेक्षक पक्राउ

काठमाण्डु टुडे २०७६ जेठ १० गते १५:५८ मा प्रकाशित

काठमाण्डु, १० जेठ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुससहित नापी सर्वेक्षक पक्राउ गरेको छ । नापी कार्यालय साँखुका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीलाई घुससहित पक्राउ गरेको अख्तियारले जनाएको छ ।

जग्गा हालसाविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा दुवैजनालाई नापी कार्यालय साँखुबाट पक्राउ गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us