
काठमाण्डु, १० जेठ – सरकारले आगामी बजेटमा ज्येष्ठ पत्रकार वृत्ति कोषको आकार बढाएर ५ करोड पुर्याउने भएको छ ।
ज्येष्ठ नागरिकलाई निर्वाह भत्ता उपलब्ध गराउन स्थापित अक्षय कोषको आकार कम भएको भन्दै थप २ करोड ३४ लाख रुपैयाँ कोषमा थप्न लागिएको सञ्चार तथा सूचनामन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।
हाल कोषमा तीन करोड रुपैयाँ रहेको छ ।
ज्येष्ठ पत्रकारको आर्थिक सुरक्षा सामाजिक सुरक्षालाई ध्यान दिन स्थापित कोषको आकार समयानुसार बढाउँदै लैजाने समेत मन्त्री बाँस्कोटाले बताएका छन् ।
‘सुरुमा १ करोड रुपैयाँबाट कोष स्थापना भएको थियो । पछि यसमा थप २ करोड थपिएर ३ करोड पु¥याइयो ।’ उनले भने, ‘अब कोषमा थप २ करोड ३४ लाख रुपैयाँ थपिन्छ । यसले ज्येष्ठ पत्रकारको आर्थिक तथा सामाजिक सुरक्षणमा थप बल पुग्ने छ ।’
पत्रकारको सुरक्षाका लागि कोषलाई थप व्यवस्थित र बलियो बनाउन आकार बढाउन लागिएको उनले बताए ।