युनुस अन्सारीको डरलाग्दाे धन्दा, एयरपोर्टमा भेटियो दुई ब्रिफकेस नक्कली नोट

काठमाण्डु टुडे २०७६ जेठ १० गते १३:२७ मा प्रकाशित

काठमाण्डु, १० जेठ – प्रहरीले लाखौं‌ नक्कली भारतीय नोटसहित युनुस अन्सारीलाई पक्राउ गरेको   छ ।

भारत जान लागेका उनलाई विशेष ब्युरो र विमानस्थल प्रहरीले पक्राउ गरेको हो । उनीसँगै कतारबाट आएका तीन जना नेपाली र तीन जना पाकिस्तानीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले दुई ब्रिफकेस भरी नक्कली भारू बोकेका थिए । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलका अनुसार विदेशबाट आएका तीनजना पाकिस्तानी नागरिकलाई रिसिभ गर्न जाँदा थप तीनजना नेपाली पक्राउ परेका हुन् ।

कतार एरयवेजबाट तीनजना पाकिस्तानी दुईवटा सुटकेश बोेकेर विमानस्थलमा अवतरण गरेका थिए । प्रहरीले विमानस्थलमा बरामद गरेको रकम ७ करोड ६७ लाख ९४ हजार रहेको खुलेको छ ।

पाकिस्तानी नागरिक नसिरुद्धिनको नेपालमा नक्कली भारतीय नोटको कारोबारमा पक्राउ परेर छुटेका युनिस अन्सारीसँग सम्बन्ध रहेको दाबी प्रहरीले गरेको छ ।

युनुस पहिला पनि नक्कली नोट काण्डमा जेल परेका थिए । पछि छुटेर फेरि उनी त्यही काम लागेको सुचना पाएपछि प्रहरीले उनीमाथी निगरानी बढाएको थियो ।

अन्सारी ५ वर्ष अघि ललितपुरको नख्खिपोटबाट समातिएका थिए । उनलाई कारागारभित्रै गोली हानिएको थियो । उनी त्यस बेला सामान्य घाइते भएका थिए । पूर्वमन्त्री सलीममिया अन्सारीका छोरा युनुश पहिलो पटक पक्राउ पर्नुअघि नेशनल टेलिभिजनका सञ्चालक थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us