
भारत, १० जेठ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेस अध्यक्ष राहुल गान्धीलाई धन्यवाद दिएका छन् । लोकसभा चुनावमा विजयी भएकोमा गान्धीले मोदी र उहाँको पार्टी भारतीय जनता पार्टी भाजपालाई बधाइ दिएका थिए ।
मोदीले यसको जवाफ ट्विटरमा दिँदै गान्धीलाई धन्यवाद भनेका हुन् । लोकसभा चुनाव २०१९ मा भारतीय जनता पार्टीले स्पष्ट बहुमत निकाल्दै यसअघिको भन्दा पनि ठूलो जीत निकालेको छ । नरेन्द्र मोदी अब पाँच वर्षको लागि फेरि दोस्रो पटक भारतको प्रधानमन्त्री बन्नेछन् ।