पाँचथर हत्याकाण्डः ९ जनाको शव आरुबोटे ल्याइयो

काठमाण्डु टुडे २०७६ जेठ ९ गते १६:४५ मा प्रकाशित

पाँचथर, ९ जेठ – सोमबार राति मिक्लाजुङमा ३ आरुबोटेमा हत्या भएका ९ जनाको शव पोस्टमार्टमपछि घटनास्थल आरुबोटो ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बमबहादुरको परिवारका ४ जनाको स्थानीय अरुबोटोको चियानडाँडामा अन्त्येष्टि गरिने छ ।

यस्तै धनराज शेर्माको परिवारका ५ जनाको मिक्लाजुङ गाउँपालिकाको सराङडाँडा भन्ने ठाउँमा अन्तेष्टि गर्ने तयारी भएको छ । स्थानीय गणेशप्रसाद लुइँटेलका अनुसार एउटै चित्तामा शव जलाउनका लागि शवको प्रकृति हेरेर चिता निर्माण गरिएको छ । जसका लागि दुई स्थानमा दुईवटा चित्ता निर्माण गरिएको छ ।

शवहरु जलाउनका लागि सम्पूर्ण तयारी सकिएको भएपनि मृत्यकका आफन्तहरु नआएकाले आफन्तहरुको पर्खाइ भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

झुन्डिएको अवस्थामा भेटिएका मानबहादुर माखिमको भने शव धरानस्थित घोपा क्याममा पोस्टमार्टम भइरहेको छ । उनको पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us