प्रहरीले गोली हानेका विप्लव कार्यकर्ताको मृत्यु

काठमाण्डु टुडे २०७६ जेठ ८ गते १०:०० मा प्रकाशित

काठमाण्डु, ८ जेठ – भोजपुरमा प्रहरीको गोली लागेर मंगलबार घाइते भएका नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको छ ।

टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे ज‌ंगलमा मंगलबार दिउँसो प्रहरीको गोली लागेर घाइते उनको उपचारको क्रममा बीपी स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा आज मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार घिमिरेको तिघ्रामा गोली लागेको र उपचार गर्न समयमा अस्पताल पुर्‍याउन नसक्दा अत्याधिक रक्तश्रावका मृत्यु भएको हो। प्रहरीले मुठभेडका क्रममा गोली लागेर घिमिरे घाइते भएको दाबी गरेको छ। तर, विप्लव समूहले भने प्रहरी दाबीको खण्डन गरेको छ ।

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि यसका नेता तथा कार्यकर्ताहरूलाई नियन्त्रणमा लिँदै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us