
काठमाण्डु, ७ जेठ – कीर्तिमानी आरोही कामीरिता शेर्पा सात दिनमै दुई पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।
जेठ १ गते २३ पटक सगरमाथामा चढेर विश्व किर्तिमान बनाएका शेर्पा आज (मंगलबार) फेरि सगरमाथामा चढेर आफ्नै रेकर्ड तोडेका हुन् ।
उनी बिहान ६ः३० बजे नेपाली मोहोडाबाट चुचुरोमा पुगेको उनको ट्रेकिङ कम्पनी सेभेन समिट ट्रेकले जनाएको छ ।
आजको आरोहणसँगै ४९ वर्षीय कामिरिता २४ पटक सगरमाथाको चुचुरोमा पुग्ने संसारकै पहिलो आरोही बनेका छन् ।
सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामिरिताको २५ पटक सगरमाथाको शिर चुम्ने लक्ष्य छ ।