भ्रष्टाचारपनि गाउँगाउँमा पस्योः नारायणमान बिजुक्छे

काठमाण्डु टुडे २०७६ जेठ ६ गते १५:४० मा प्रकाशित

भक्तपुर, ६ जेठ – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सिंहदरबारको अधिकारमात्र नभएर भ्रष्टाचारपनि गाउँगाउँमा पुगेको बताएका छन् ।

भक्तपुरमा सोमबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेले भने, ‘बालुवाटार र शीतल निवासमा निरन्तर भइरहेको भ्रष्टाचार हाल स्थानीय निकायमा सरेको छ ।’

बालुवाटार, सिंहदरबार र शीतलनिवास ठगहरुको घेराबन्दीमा परेकाले जनताले दुःख पाएको बिजुक्छेले दाबी गरे ।

प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डको पूँजीवादी नीतिको ‘व्यक्ति धनी हुने सिद्धान्त’का कारण वर्तमान सरकार नाम मात्रको कम्युनिष्ट सरकार भएको उनले बताए ।

सरकारले गरिब जनताका लागि भन्दापनि धनीहरुको फाइदाको काम गरेको अध्यक्ष बिजुक्छे भनाई छ ।

संघीयता कार्यावन्यनका लागि प्रदेश र स्थानीय सरकारसंग संघ सरकारले समन्वय गर्नु पर्ने पनि बिजुक्छले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us